जोडिनुहोस
  • होमपेज
  • अमेरिकी राष्ट्रपति ट्रम्पलाई भन्सार शुल्क कम गर्न जापानका प्रधानमन्त्रीको दबाब

अमेरिकी राष्ट्रपति ट्रम्पलाई भन्सार शुल्क कम गर्न जापानका प्रधानमन्त्रीको दबाब

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भन्सार शुल्क कम गर्न जापानका प्रधानमन्त्री शिगेरु इसिवाले दबाब दिनुभएको छ । जापानका प्रधानमन्त्री इसिबाले फोनवार्तामार्फत अमेरिकी राष्ट्रपति ट्रम्पलाई कर कम गर्ने विषयमा नयाँ वार्ताअघि दबाब दिनुभएको समाचार संस्था एएफपीले जनाएको छ । इसिबाले ट्रम्पसँग ४५ मिनेट कुरा गरेको र भन्सार शुल्क तथा आर्थिक सुरक्षासहित विभिन्न विषयमा छलफल भएको आज बिहान जानकारी दिनुभएको छ ।

अमेरिकाको प्रमुख सहयोगी र सबैभन्दा ठूलो लगानीकर्ता जापानमाथि अमेरिकाले अधिकांश देशमा लगाइएका समानमा १० प्रतिशत आधारभूत भन्सार शुल्क र कार, स्टिल र एल्युमिनियममा कडा भन्सार शुल्क लगाएको छ ।

ट्रम्पले अप्रिलको शुरुमा जापानमाथि २४ प्रतिशत ‘पारस्परिक’ कर लगाउने घोषणा गर्नुभएको थियो । तर पछि यो निर्णय स्थगित गर्नुभयो । पछिल्लो कुराकानीमा आफूले अमेरिकी भन्सार शुल्कको विषयमा जापानको धारणा राखेको र यो केवल भन्सार शुल्कको मात्र कुरा नभई लगानीको पनि कुरा रहेको प्रधानमन्त्री इसिवाले बताउनुभयो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Casino Online & Promocode