जोडिनुहोस
  • होमपेज
  • नारायणगढ–मुग्लिङ सडक र महाकाली राजमार्ग अवरुद्ध

नारायणगढ–मुग्लिङ सडक र महाकाली राजमार्ग अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिङ सडक खण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । यस सडक खण्डअन्तर्गतको इच्छाकामना गाउँपालिका–५ स्थित तुईन खोलामा आज बिहान ६ः३५ बजे माथिबाट सुख्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको हो ।

पहिरो खसेसँगै सडक डिभिजन कार्यालय भरतपुर र प्रहरीको टोलीले पहिरो हटाउने काम गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए । उनका अनुसार पहिरो हटाउन केही घण्टा लाग्नेछ । यस स्थानमा पटक–पटक पहिरो जाँदा यात्रुहरूलाई निकै सास्ती हुँदै आएको छ ।

महाकाली राजमार्ग पुनः अबरुद्ध
पहिरोले महाकाली राजमार्ग पुनः अवरुद्ध भएको छ । यो राजमार्ग अन्तर्गत दार्चुलाको सदरमुकाम खलङ्गा–गोकुलेश्वर सडकखण्डको तेर्छालेक रनेबास क्षेत्रमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । पहिरोमा परी बोलेरो जीपमा समेत क्षति पुगेको छ ।

जिल्ला सदरमुकाम खलङ्गाबाट गोकुलेश्वरतर्फ जाँदै गरेको सुसप्र ००१ ज ११८४ नम्बरको जीप पहिरोमा फसेको हो । पहिरो खसेपछि जीपको अगाडिको भाग पुरै पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए । उनका अनुसार पहिरोमा पुरिएको जीपमा मानवीय क्षति भएको छैन ।

वर्षासँगै ढुङ्गामाटो खस्नेक्रम नरोकिएपछि जीपलाई निकाल्न समस्या भएको रावतले बताए । सडक विभागको उपकरणले पहिरो नजिक छन्। वर्षा नरोकिएपछि काठमाडौँ र महेन्दनगरबाट आएका बस पनेवाजमा रोकिएका छन् ।

जिल्ला सदरमुकाम खलङ्गाबाट आएका सवारी साधनसमेत बाटोमै रोकिएका छन् । उक्त क्षेत्रमा अहिले बेलाबेला सडक अबरुद्ध हुने गरेको छ । यसका कारणले यात्रुले सास्ती भोग्न बाध्य भएका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Chicken Road Bonuses and Promo Codes for Indian Players