जोडिनुहोस
  • होमपेज
  • मौलिकता झल्किने नयाँ देउडा गीत ‘धनसिङ्या जिउनुई छ’ सार्वजनिक

मौलिकता झल्किने नयाँ देउडा गीत ‘धनसिङ्या जिउनुई छ’ सार्वजनिक

काठमाडौं । नेपाली मौलिकता झल्काउने नयाँ देउडा गीत “धनसिङ्या जिउनुई छ” सार्वजनिक भएको छ। गीतलाई न्यू काफली म्युजिक प्रालिले बजारमा ल्याएको हो।

यस गीतमा गायक पदम कार्की र गायिका गौरी भट्टको स्वर सुन्न सकिन्छ भने शब्द चर्चित सर्जक टेक बहादुर ऐरले लेखेका छन्। लय पदम कार्कीकै रहेको गीतको भिडियो रमेश बिजुली बीसीले निर्देशन गरेका हुन्। गीतको कथा समाजमा बारम्बार देखिने यथार्थसँग गाँसिएको छ। विवाहपछि भारत कमाउन गएका एक युवकले परिवारसँग बेवास्ता गर्ने, घरमा चासो नदिने, कमाएको पैसालाई दारु र जुवामा खर्च गर्ने, झगडा गर्ने र लामो समयसम्म सम्पर्क विहीन भएर बसेको अवस्थालाई गीतमार्फत प्रस्ट चित्रण गरिएको छ। लामो समयपछि मात्र घरपरिवारमा संवाद हुने प्रसङ्गलाई गीतले मार्मिक ढंगले प्रस्तुत गरेको छ।

भिडियोमा  कलाकार रश्मिका मल्ल ठकुरी र करण साउदले अभिनय गरेका छन्। उनीहरूको प्रस्तुतिले कथा अझ प्रभावकारी बनेको दर्शकले प्रतिक्रिया दिएका छन्। पोशाक, हाउभाउ र अभिनयमा मौलिकताको झल्को देखिनुका साथै भिडियोमा प्रयोग गरिएको दृश्य–शैलीले आधुनिकपनको स्वाद पनि दिएका कारण गीतलाई परम्परा र आधुनिकताको संगमको रूपमा हेरिएको छ।

गायक पदम कार्कीले यस गीतबारे बोल्दै भनेका छन्,
“हाम्रो गाउँघरमा हुने घटनाहरूलाई गीत–संगीतको माध्यमबाट वास्तविकतासहित प्रस्तुत गरिएको हो। यसमा डोटेली र सुदूरपश्चिमेली भाषा प्रयोग गरेर त्यहाँको मौलिकता उजागर गर्ने प्रयास गरिएको छ। गाउँ–समाजको यथार्थलाई संगीतमार्फत जीवित राख्ने उद्देश्यका साथ तयार पारिएकाले यो गीत अरु भन्दा फरक बनेको अनुभव गरेको छु।”

कार्कीले अझै थपे कि उनले गाएका धेरै गीतहरूमा गाउँ–समाजको परिवेश, जीवनशैली र संघर्षलाई प्राथमिकता दिइएको हुन्छ। यस गीतमा पनि त्यही धारलाई निरन्तरता दिइएको छ। विशेषगरी सुदूरपश्चिमेली भाषाको संरक्षण र उत्थान गर्ने लक्ष्यसमेत यस गीतमार्फत राखिएको उनले बताए।

युट्युबमार्फत सार्वजनिक भएको गीत छोटो समयमै हजारौं दर्शकले हेरीसकेका छन्। समाजको तीतो यथार्थ बोकेको, मौलिक भाषा–संस्कृति झल्काउने र कलात्मक प्रस्तुतिसँगै भावनात्मक सन्देश दिने “धनसिङ्या जिउनुई छ” गीतले नेपाली संगीत क्षेत्रमा महत्वपूर्ण स्थान बनाउने अपेक्षा गरिएको छ।

भिडियो लिंक

धेरै टिप्पणी गरिएका