जोडिनुहोस
  • होमपेज
  • नेपालसँगको सम्बन्ध अब थप सुदृढः जापानी राजदूत मयडा

नेपालसँगको सम्बन्ध अब थप सुदृढः जापानी राजदूत मयडा

काठमाडौं। नेपालका लागि जापानका नवनियुक्त राजदूत मयडा तोरुले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने बताएका छन्‌ ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बिहीबार ओहदाको प्रमाणपत्र बुझाउँदै राजदूत तोरुले द्विपक्षीय सम्बन्ध सुदृढीकरणमा आफूले जोड दिने बताएका हुन्‌ ।

नेपाल र जापानबीचको द्विपक्षीय लामो सम्बन्धबारे राष्ट्रपति पौडेल र राजदूत तोरूबीच कुराकानी भएको नेपालस्थित जापानी दूतावासले जानकारी दिएको छ ।

नेपाल र जापानबीच वि.सं. २०१३ भदौ १७ गते औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । दुई देशले सन् २०२६ मा द्विपक्षीय कूटनीतिक सम्बन्धको ७०औं वर्षगाँठ मनाउँदैछन्‌ ।

नेपालको पूर्वाधार विकासमा जापान सबैभन्दा ठूलो अनुदानदाता हो । साथै, नेपाली विद्यार्थी र युवाहरूका लागि पनि जापान आकर्षक शैक्षिक/श्रम गन्तव्य हो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
How Long After Klonopin Can I Drink? 2025