जोडिनुहोस

हालको खबर

Betify Casino – Examen Complet 91

  • १ घन्टा अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • १ घन्टा अगाडि

Betify Casino – Examen Complet 115

  • ३ घन्टा अगाडि
  • ३ घन्टा अगाडि
  • होमपेज
  • आज २०८१ साल फागुन १२ गते सोमबारको राशिफल

आज २०८१ साल फागुन १२ गते सोमबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः दिन राम्रो छ। लगानीका क्षेत्रमा हिम्मत गरे फाइदा हुनेछ। काममा साथीभाइको साथ र सहयोग मिल्नेछ। विपक्षीको विरोध गरे पनि काम बन्ने योग छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृषः तपाईंको राशिमा उदय वृहस्पति भएकाले बोलीको प्रभावले काम बन्नेछ। सञ्चित धन खर्च भए पनि इज्जत बढ्नेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। धार्मिक क्षेत्रमा सहभागी बन्ने अवसर मिल्नेछ।

मिथुनः स्वास्थ्यमा समस्या हुनसक्ने भएकाले खानपानमा ख्याल गर्नुपर्नेछ। शिक्षाका क्षेत्रको प्रयास सफल बन्नेछ। धार्मिक क्षेत्रको भ्रमण हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः दिन सामान्य छ। लगानी डुब्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। शनिदेवको प्रभावले परिवारमा मनमुटाव हुनेछ। थोरै बोलेर अगाडि बढ्नु उचित हुनेछ। निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।

सिंहः खानपानमा ख्याल नगर्दा रोगले सताउने जोखिम छ। संकटमा परिवारको साथ मिल्नेछ। व्यवहार गर्दा ठुला व्यक्तिको सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्याः कामको बोझ बढ्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। विपक्षीको सामना गर्न तयार हुनुपर्ने दिन छ। परिवारबाट साथ र सहयोग प्राप्त हुनेछ।

तुलाः सम्पत्ति र शिक्षालाई समय दिँदा स्वास्थ्यमा समस्या हुनसक्ने जोखिम छ। बौद्धिक व्यक्तिसँगको अन्तरक्रियाले मन हलुका हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिकः सहकार्यमा अगाडि बढ्दा लगानी बढ्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने जोखिम छ। दान गरेर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धनुः धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नु उचित हुनेछ। सहकर्मीको साथमा गरेको काम सफल बन्नेछ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारलाई समय दिन नसक्दा विवाद बढ्नेछ।

मकरः तपाईंको राशिमा चन्द्रमा पुगेका छन्। शुभग्रहको बहुमत भएकाले सोचेको काम बन्नेछ। धन खर्च भए पनि इज्जत बढ्नेछ। परिवारभित्रबाट भन्दा बाहिरबाट सहयोग प्राप्त हुनेछ।

कुम्भः सञ्चित धन खर्च हुनेछ। साथीभाइले विवाद झिक्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। शिक्षामा आलस्यता बढ्ने जोखिम छ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

मीनः आम्दानी बढ्नेछ। बोलीमा समस्या हुने भएकाले सहकर्मीसँग नम्र भएर बोल्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। धार्मिक क्षेत्रको भ्रमण गरेर दिनको सुरुवात गर्नु उचित हुनेछ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Betify Casino – Examen Complet 91