जोडिनुहोस
  • होमपेज
  • काभ्रेको बनेपामा राजावादीहरूको प्रर्दशन

काभ्रेको बनेपामा राजावादीहरूको प्रर्दशन

राजसंस्था फर्काउन माग गर्दै काभ्रेपलाञ्चोकको बनेपामा राजावादीहरूले प्रदर्शन गरेका छन् । बनेपाको गोदामचोकबाट प्रर्दशन सुरु गरेका राजावादीहरूले बनेपा नगर परिक्रमापछि चारदोबाटोमा कोणसभा गरेका थिए ।

जिल्लामा आन्दोलन परिचालन समिति गठन गरी संगठित भएका राजावादीहरूले राजधानीमा १५ हुने हुने आन्दोलनको पूर्वतयारी स्वरुप बनेपामा कार्यक्रम आयोजना गरिएको बताएका छन् ।

राजावादी भनेर चिनिएका नेपाल सुधार भैलको संयोजकत्वमा गठित २१ सदस्यीय संयुक्त राष्ट्रवादी नागरिक आन्दोलन समितिले उक्त कार्यक्रम आयोजना गरेको हो । समितिका सदस्य हेमशंकर गिरीले आन्दोलन जारी रहने भएकाले संयम तथा शान्तिपूर्ण आन्दोलनमा सहभागी हुन अनुरोध गरे । आन्दोलनमा विभिन्न क्षेत्रका व्यक्तिहरूले धारणा राखेका थिए ।

समितिमा आरजु केसी, प्रेम बैदार, गणेशलाल श्रेष्ठ, दिपक तिमल्सिना, कोकिल थापा, रामचन्द्र देउजा, जीवन लामा, सुरेश सापकोटा, जयराम थापा, कपिन्द्र देउजा, रामकला बराल, जीवनकुमार लामा, निर्मला विक, मिनोज थापा, बलदेव केसी, रोशन श्रेष्ठ, हेमशंकर गिरी, समिर शर्मा, विष्णु सापकोटा, सुनिल खड्का रहेका छन् ।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Валютный рынок Википедия