जोडिनुहोस
  • होमपेज
  • पियोर इनर्जीको आईपीओ बाँडफाँड

आर्थिक

पियोर इनर्जीको आईपीओ बाँडफाँड

  • Sagarmatha TV
  • बिहिबार, बैशाख ११, २०८२
पियोर इनर्जीको आईपीओ बाँडफाँड

काठमाडौं– पियोर इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर (आईपीओ) बिहीबार बाँडफाँड भएको छ ।

आईपीओका लागि १८ लाख ५४ हजार ४९७ जनाले आवेदन दिएकोमा १ लाख १९ हजार ५२० जनाले १० कित्ताका दरले शेयर पाएका छन् । कम्पनीले चैत २८ गतेदेखि वैशाख २ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँको दरमा ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता शेयर निष्काशन गरेको थियो ।

कम्पनीको कुल चुक्ता पुँजी ८० करोड रहेको छ । जसमा संस्थापकको ८० प्रतिशत स्वामित्व रहेको छ भने २० प्रतिशत शेयर सर्वसाधारणको लागि निष्कासन भएको हो । कम्पनीको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट रहेको छ । बाँकेमा १० मेगावाटको दुई वटा सोलार आयोजना सञ्चालन गरिरहेको पियोर इनर्जी गोल्यान ग्रुप अन्तर्गतको सोलार कम्पनी हो ।

२० मेगावाट क्षमता सहित पियोर इनर्जी हालसम्म सबैभन्दा धेरै सौर्य ऊर्जा उत्पादन गरिरहेको कम्पनीले जनाएको छ ।

धेरै टिप्पणी गरिएका