जोडिनुहोस
  • होमपेज
  • दुई करोड १० लाखमा दुई कल्भर्ट निर्माण

दुई करोड १० लाखमा दुई कल्भर्ट निर्माण

काठमाडौं । हेटौँडा उपमहानगरपालिकाले दुई करोड १० लाखमा दुई वटा कल्भर्ट निर्माण गरेको छ ।

उपमहानगरपालिकाले वडा नम्बर ६ र ७ लाई जोड्ने हेटौँडा–नागस्वती–हटिया सडकखण्डमा पर्ने हरियालीस्थित खहरेखोलामा र वडा नम्बर ८ ओमनगरस्थित खहरेखोलामा गरी दुई वटा कल्भर्ट निर्माण गरेको हो ।

हालै निर्माण सम्पन्न भएका दुवै कल्भर्टको उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । पालिकाका अनुसार एउटा कल्भर्ट एक करोड १९ लाख र अर्को ८२ लाख तीन हजार ९८६ को लागतमा निर्माण गरिएको हो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
The STRAT Hotel, Casino & Tower Las Vegas, NV