जोडिनुहोस
  • होमपेज
  • तीनकुनेमा आगजनी र तोडफोड गरेको आरोपमा थप एक जना पक्राउ

तीनकुनेमा आगजनी र तोडफोड गरेको आरोपमा थप एक जना पक्राउ

काठमाडौंको तीनकुने क्षेत्रमा आगजनी तथा तोडफोड गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको धुलिखेल-३ घर भएका ४० वर्षीय मनोज भन्ने मिनोज थापा रहेका छन् ।

तीनकुने स्थित खुल्ला चौरमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ द्वारा आयोजित प्रदर्शनका क्रममा भएको घटनाको अनुसन्धानको सिलसिलामा निजी तथा सार्वजनिक सम्पत्ति माथि तोडफोड तथा आगजनी लगायतका आपराधिक कार्यमा संलग्न थापालाई प्रहरीले पक्राउ गरेका हो ।

उनीमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट पहिलो पटक ३ दिन म्याद लिइएको छ ।

गत चैत्र १५ गते दुर्गा प्रसाईँको नेतृत्वमा तीनकुनेमा भएको राजावादीको हिंस्रक प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो । प्रदर्शनकारी हिंस्रक बन्दा आगजनी र तोडफोड भएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Mastering Tower Rush: Complete Gameplay