
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य २४ सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ९५ हजार २ सय कायम भएको छ । त्यसैगरी, चाँदी तोलामा २ हजार ३५५ मा कारोबार भइरहेको छ ।
बुधबार प्रतितोला सुन एक लाख ९७ हजार ६ सयमा कारोबार भएको थियो भने चाँदी चाँदी २३ सय ५० मा खरिदबिक्री भएको थियो ।






































