जोडिनुहोस
  • होमपेज
  • काठमाडौंको मच्छेगाउँमा भदौ १४ गते ‘ राष्ट्रिय लाखे नाच प्रदर्शनी साँस्कृतिक तथा सम्मान कार्यक्रम २०८२ ’ हुने

काठमाडौंको मच्छेगाउँमा भदौ १४ गते ‘ राष्ट्रिय लाखे नाच प्रदर्शनी साँस्कृतिक तथा सम्मान कार्यक्रम २०८२ ’ हुने

काठमाडौं । नेपाल सांस्कृतिक कला मन्दिर, मच्छेगाउँको आयोजना र चन्द्रागिरि नगरपालिकाको विशेष सहयोगमा ‘ आफ्नो ठाउँको मौलिक कला र संस्कृति साटासाट गरौं ’ भन्ने मूल नाराका साथ ‘ राष्ट्रिय लाखे नाच प्रदर्शनी साँस्कृतिक तथा सम्मान कार्यक्रम ( २०८२ ’ हुने भएको हो । राजधानी काठमाडौंको चन्द्रागिरि नगरपालिका (९, मच्छेगाउँस्थित भलिबल ग्राउण्डमा भदौ १४ गते, शनिबार गर्न लागिएको आयोजकले जनाएको छ । काठमाडौंको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले, नगर प्रवक्ता एवं वडा नम्बर (४ का वडाध्यक्ष कृष्ण प्रसाद खड्गीले प्रदर्शनीको ब्यानर सार्वजनिक गरेका छन् ।

लाखे नाच प्रदर्शनीले देशभरका नेवार समुदायको कला ( संस्कृति एकै स्थानमा देख्न, हेर्न पाइनुका साथै संस्कृति जगेर्नामा योगदान पुग्ने भन्दै नगरपालिका प्रमुख घनश्याम गिरीले युवापुस्तामा संस्कृति, परम्परा र मौलिकता उजागर गर्न प्रदर्शनीले ठूलो सन्देश दिदै आएको बताए । गिरीले प्रदर्शनीमा सहभागी हुन सम्पूर्ण पालिकाहरुका संस्कृतिप्रेमीहरुलाई आव्हान समेत गरेका छन् । ब्यानर सार्वजनिक भएसँगै महोत्सवको औपचारिक प्रचारप्रसार शुरु भएको छ ।

प्रदर्शनीमा देशका विभिन्न ५० वटा जिल्लाका लाखेहरु सहभागि हुने अपेक्षा रहेको नेपाल सांस्कृतिक कला मन्दिर, मच्छेगाउँका अध्यक्ष रमेश शाहीले जानकारी दिए । ‘ राष्ट्रिय लाखे नाच प्रदर्शनी साँस्कृतिक तथा सम्मान कार्यक्रम २०८२ ’ का लागि भदौ १२ गतेसम्म दर्ता गर्ने समय तालिका रहेको छ । यो कार्यक्रम नेपाली मौलिक परम्पराको गौरवशाली प्रदर्शन हुने छ । जहाँ देशभरका समुदायहरू एकै स्थानमा सांस्कृतिक एकता र उत्सव मनाउन जुट्ने छन् । उक्त कार्यक्रममा भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको भाष्मासुर मोहिनी नाच समेत हुने छ । उक्त कार्यक्रमको मिडिया पार्टनरको रुपमा जनअपडेट डटकमलगायतका मिडिया रहेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Chicken Road Bonuses and Promo Codes for Indian Players