
काठमाडौं । भारतले सिकल सेल र थालेसिमिया रोगविरूद्धको खोप नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा नजसंख्या मन्त्री प्रदीप पौडेललाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तले शुक्रबार खोप हस्तान्तरण गरेका हुन् । भारतले थालेसिमिया र सिकल सेल रोगका बिरामीहरुुका लागि २० लाख डलर बरारबको खोप प्रदान गर्ने भएको छ ।
भारतले इन्फ्लुएन्जा खोप (३१०० युनिट), साल्मोनेला खोप (१५५० युनिट), मेनिङ्गोकोक्कस खोप (३१०० युनिट), हाइमोफिलस इन्फ्लुएन्जा खोप (४६४० युनिट) र स्ट्रेप्टोकोक्कस निमोनिया खोप (४६४० युनिट) उपलब्ध गराउने भएको हो । भारतले प्रदान गरेको खोप स्वीकार गर्दै मन्त्री पौडेलले भारतको उदार सहायतका लागि धन्यवाद दिएका छन् ।
यी खोपहरूले जनस्वास्थ्यमा सकरात्मक प्रभाव पर्ने उनको भनाइ छ । नेपालको स्वास्थ्य सेवा प्रणालीमा भारतको सहयोगप्रति मन्त्री पौडेलले धन्यवाद व्यक्त गरेका छन् । खोप हस्तान्तरण गर्दै भारती राजदूत श्रीवास्तवले भारत र नेपालबीचको गहिरो मित्रततालाई मध्यनजर गर्दै पारस्परिक हितका क्षेत्रमा सहयोग जारी राख्ने बताएका छन् । उनले द्वपक्षीय पारस्परिक प्रगति र विकासमा नेपालसँग साझेदारी गर्न भारत प्रतिवद्ध रहेको उल्लेख गरेका छन् ।





































