जोडिनुहोस
  • होमपेज
  • साथीले बाेकेकाे बन्दुक पड्किएर सङ्खुवासभामा एक जनाकाे ज्यान गयाे

साथीले बाेकेकाे बन्दुक पड्किएर सङ्खुवासभामा एक जनाकाे ज्यान गयाे

सङ्खुवासभामा साथीले बोकेको बन्दुक पड्किएर एक जनाको ज्यान गएको छ ।

सभापोखरी गाउँपालिका–५ बाह्रबीसे खुसीबुङमा साथीले बोकेको भरुवा बन्दुक पड्किएर २५ वर्षका कुमार लिम्बूको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ९डीएसपी० दक्षकुमार बस्नेतले जानकारी दिएका छन् ।

जङ्गलमा बाँदर खेदाउने क्रममा अचानक चिप्लिएर लड्दा साथीले बोकेको भरुवा बन्दुकको गोलीले लागेर कुमारको ज्यान गएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको र थप अनुसन्धान भइरहेको डीएसपी बस्नेतको भनाई छ ।

धेरै टिप्पणी गरिएका