जोडिनुहोस

हालको खबर

Betify Casino – Examen Complet 91

  • १ घन्टा अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • २ घन्टा अगाडि

Betify Casino – Examen Complet 115

  • ४ घन्टा अगाडि
  • ४ घन्टा अगाडि
  • होमपेज
  • कर्णाली प्रदेशमा स्वास्थ्य सेवाको पहुँचमा वृद्धि

कर्णाली प्रदेशमा स्वास्थ्य सेवाको पहुँचमा वृद्धि

एक वर्षको अवधिमा कर्णाली प्रदेशका १३ लाख ३५ हजार जनसङ्ख्याले स्वास्थ्य सेवा प्राप्त गरेका छन् । प्रदेशका दश वटै जिल्लाका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूबाट उक्त सङ्ख्यामा स्वास्थ्य सेवा प्रदान गरिएको हो ।

गत वर्षको वैशाखदेखि चैत मसान्तसम्ममा स्वास्थ्य संस्थाहरूबाट विभिन्न सेवा लिएका नागरिकहरूको तथ्याङ्क प्रदेश सरकारले सार्वजनिक गरेको छ ।

यसलाई प्रदेश सरकारले उपलब्धि मानेको छ । विगतमा स्वास्थ्य सेवाको पहुँचमा नपुगेका कर्णालीका नागरिकहरू गाउँमा अस्पताल पुगेपछि पहुँचमा वृद्धि भएको मुख्यमन्त्री यामलाल कँडेलको दाबी छ ।

कर्णालीलाई सिटामोल समेत नपाउने प्रदेशका रूपमा व्याख्या गरिँदै आएकामा अब सबै नागरिक स्वास्थ्यको पहुँचमा पुग्न सक्ने स्थिति बनेको उनको भनाई छ ।

त्यसै गरी शिक्षा क्षेत्रमा पनि कर्णाली सरकारले नवीनतम कामको सुरुआत गरेको जनाएको छ । मुख्यमन्त्री कँडेलद्वारा प्रस्तुत एक वर्षको प्रगति विवरणमा मुख्यमन्त्री डिजिटल शिक्षा कार्यक्रम सुरु भएको र हाल १३ वटा विद्यालय छनोट भई कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ ।

जुम्ला र मुगु जिल्लालाई साक्षर घोषणा गरिनुलाई पनि उपलब्धि विवरणमा उल्लेख गरिएको छ । दश वर्षे शिक्षा योजना प्रक्रियामा रहेको मुख्यमन्त्री कँडेलले जानकारी दिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Betify Casino – Examen Complet 91