जोडिनुहोस
  • होमपेज
  • वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरू लैजाने भन्दै लामो समयसम्म झुक्याएको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बारा घर भई बुढानीलकण्ठ बस्ने ४१ वर्षीय विष्णुराज उप्रेती र पाँचथर घर भई ललितपुर बस्ने ५८ वर्षीय शन्त कुमार चेम्जोङ रहेका छन् । विभिन्न देश पठाउँछु भन्दै उप्रेतीले पाँच लाख ७३ हजार रुपैयाँ र चेम्जोङले १२ लाख रुपैयाँ लिए विदेश नपठाई सम्पर्क विहीन भएको भनेर पीडितहरूले दिएको जाहेरी अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Mother your children are like birds