जोडिनुहोस

हालको खबर

Betify Casino – Examen Complet 91

  • १ घन्टा अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • १ घन्टा अगाडि

Betify Casino – Examen Complet 115

  • ३ घन्टा अगाडि
  • ३ घन्टा अगाडि
  • होमपेज
  • सभापति देउवाले बोलाएको बूढानीलकण्ठ बैठकः निर्णायक निर्णयको अपेक्षा

सभापति देउवाले बोलाएको बूढानीलकण्ठ बैठकः निर्णायक निर्णयको अपेक्षा

काठमाडौं । नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति पदमा उम्मेदवार टुंग्याउन आज पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठ निवासमा बैठक बस्दैछ ।

बैठकमा उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ, साथै महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मा सहभागी हुनेछन् । यसै बैठकमार्फत समितिको नयाँ नेतृत्वबारे अन्तिम निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ ।

साउन २८ गते ‘कुलिङ पिरियड’ विवादका कारण सांसद रामहरि खतिवडाले सभापति पद छोडेपछि समिति नेतृत्व रिक्त रहँदै आएको हो । प्रतिनिधि सभाको नियमअनुसार १५ दिनभित्र नयाँ सभापति चयन गर्नुपर्ने बाध्यता भएकाले आजको बैठकलाई अत्यन्तै महत्वपूर्ण मानिएको छ । सभामुख देवराज घिमिरे पनि कांग्रेसबाट नाम सिफारिस हुने प्रतीक्षामा छन् ।

बैठकमा यससँगै रुपन्देही क्षेत्र नं. ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनबारे समेत छलफल हुने संकेत पार्टी नेताहरूले दिएका छन् । यस्तै विवादमा परेका उपसभामुख इन्दिरा राणाका विषयमा समेत छलफल हुने स्रोतले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Betify Casino – Examen Complet 91