जोडिनुहोस
  • होमपेज
  • मुग्लिन–आँबुखैरनी सडक भासिँदा आवागमन प्रभावित, सवारी जामले यात्रु हैरान

मुग्लिन–आँबुखैरनी सडक भासिँदा आवागमन प्रभावित, सवारी जामले यात्रु हैरान

काठमाडौँ । पृथ्वी राजमार्गको मुग्लिन–आँबुखैरनी सडकखण्डमा सडक भासिँदा शुक्रबार बिहानदेखि आवागमन अवरुद्ध भएको छ। चितवनको साखर भन्ने स्थानमा सडकको एक भाग भासिएपछि आवागमन एकतर्फी मात्र सञ्चालन भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

एकतर्फी सवारी सञ्चालनका कारण मुग्लिनदेखि नारायणगढसम्म लामो जाम देखिएको छ। बिहानैदेखि सवारी साधनको बाक्लो चाप बढेसँगै यात्रुहरू सडकमा अलपत्र परेका छन्। त्यस्तै, कुरिनटार क्षेत्रमा समेत सवारी भीड अत्यधिक भएपछि आवागमनमा थप समस्या देखिएको छ।

सडक विभागका अनुसार मर्मत र व्यवस्थापनका काम जारी छन्। तर सवारी चाप अत्यधिक भएकाले जोखिम बढेको छ। सडक डिभिजन कार्यालयले चालकहरूलाई विशेष सतर्कता अपनाउन र पहिरोको उच्च जोखिम भएका स्थान तथा पुलमाथि सवारी साधन नरोक्न आग्रह गरेको छ।

सडक मर्मत कार्य पूरा नभएसम्म मुग्लिन–आँबुखैरनी खण्डमा यात्रु र सवारी सञ्चालनमा सावधानी अपनाउनुपर्ने कार्यालयले जनाएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका