जोडिनुहोस

आर्थिक

सुनचाँदीको भाउ बढ्यो

  • Sagarmatha TV
  • बिहिबार, असार १२, २०८२
सुनचाँदीको भाउ बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर १ लाख ९२ हजार ३ सयमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार सुन तोलाको १ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा ३५ रुपैयाँले बढेर चाँदी २ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options