जोडिनुहोस
  • होमपेज
  • पोखराबाट अपहरणमा परेकी अमेरिकी वृद्धाको मकवानपुरमा उद्धार

पोखराबाट अपहरणमा परेकी अमेरिकी वृद्धाको मकवानपुरमा उद्धार

पोखराबाट गएको सोमवार अपहरणमा परेकी अमेरिकी महिलालाई प्रहरीले मकवानपुरको हेटौँडाबाट उद्धार गरेको छ । पोखराको लेकसाइडमा रहेको एक होटलबाट अपहरणमा परेकी ७० वर्षीया वृद्धालाई हेटौँडाको नेवारपानीबाट मुक्त गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाका अनुसार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहकार्यमा ती वृद्धालाई अपहरणमुक्त गरिएको हो ।

अपहरण गरेको आरोपमा प्रहरीले नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ४ बस्ने ३७ वर्षीया सरिता लामालाई पक्राउ गरेको छ ।

साथीहरूसँग मुक्तिनाथ मन्दिर भ्रमणका लागि नेपाल आएकी ती वृद्धा अपहरणमा परेको र अपहरणपछि तीन लाख युरो फिरौती माग गरेको नेपालमा रहेको अमेरिकी राजदूतावासले जानकारी गराएपछि प्रहरीले खोजी गर्ने क्रममा नेवारपानीबाट अमेरिकी नागरिकलाई सकुशल उद्धार गरेको हो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका