जोडिनुहोस
  • होमपेज
  • शिक्षकमाथि दमन गरेर सरकारले निरंकुश प्रवृत्ति देखायो : सांसद दाहाल

शिक्षकमाथि दमन गरेर सरकारले निरंकुश प्रवृत्ति देखायो : सांसद दाहाल

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले शिक्षकहरूमाथि दमन गरेर सरकारले निरंकुश प्रवृत्ति देखाएको आरोप लगाएका छन् ।

आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले लामो समयदेखि आन्दोलनरत शिक्षकहरूको माग अनुसार ऐन बनाउन तदारुकता देखाउनुपर्नेमा शिक्षकहरूमाथि दमन गरेर सरकारले निरंकुश प्रवृत्ति देखाएको आरोप लगाएका हुन् । उनले विभिन्न माग लिएर सडकमा आउनुपर्ने बाध्यता सरकारको लापरबाहीका कारण भएको जिकिर गरे । दाहालले आइतबार बानेश्वरमा शिक्षकहरूमाथि दमन भएको भन्दै भर्त्सना गरे ।

उनले शिक्षकहरूलाई माओवादीले उत्तेजित पार्‍यो भन्ने आरोपको खण्डन समेत गरे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका