जोडिनुहोस
  • होमपेज
  • दिक्तेल रुपाकोट मझुवागढीका मेयर भट्टराईद्वारा काठमाडौंमा सत्याग्रह सुरु

दिक्तेल रुपाकोट मझुवागढीका मेयर भट्टराईद्वारा काठमाडौंमा सत्याग्रह सुरु

काठमाडौँ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले काठमाडौंको माइतीघरमा सत्याग्रह सुरु गरेका छन् । बाँसलगायत स्थानीय उत्पादनको प्रवर्द्धन गर्नुपर्ने माग राख्दै बाँस तथा बाँसबाट निर्मित सामग्रीसहित आइतबार बिहान करिब ९ बजेदेखि उनी सत्याग्रहमा बसेका हुन् ।

गत जेठ २३ गते र असार ६ गते बाँस लगायत स्थानीय उत्पादको प्रवर्द्धन गर्नुपर्ने लगायतका विभिन्न सात सूत्रीय माग प्रधानमन्त्रीसमक्ष पठाएको तर कार्यान्वयन गर्न सरकार उदासीन बनेको भन्दै सत्याग्रहमा बसेको भट्टराईले बताएका छन् । बाँस तथा बाँसबाट निर्मित सामग्रीसहित सिंहदरबार परिक्रमा गर्न खोज्दा प्रहरीले रोकेको भट्टराईका सचिवालय सदस्य चिरन्जीवी खतिवडाले बताए ।

धेरै टिप्पणी गरिएका