जोडिनुहोस
  • होमपेज
  • पूर्वसांसद मिना सुब्बा ‘बी.पी.कोइराला राष्ट्रिय पुरस्कार २०८१’बाट सम्मानित

पूर्वसांसद मिना सुब्बा ‘बी.पी.कोइराला राष्ट्रिय पुरस्कार २०८१’बाट सम्मानित

काठमाडौं – नेपाली कांग्रेसकी नेता तथा पूर्वसांसद मिना सुब्बाले यस वर्षको ‘बीपी कोइराला राष्ट्रिय पुरस्कार २०८१’ प्राप्त गरेकी छन्। राजनीतिक दर्शन विधामा पुरस्कृत हुनुभएकी सुब्बाले उक्त पुरस्कारलाई लोकतन्त्र, मानव अधिकार, सामाजिक समावेशिता र बीपी कोइरालाको विचारप्रतिको निष्ठाको सम्मानको रूपमा लिएको प्रतिक्रिया दिएकी छन्।

पुरस्कार ग्रहणपछि उनले भनिन्, “यो पुरस्कार मेरो व्यक्तिगत यात्रा मात्र होइन, बीपी कोइरालाको विचारप्रति मेरो निष्ठा र प्रतिबद्धताको मूल्याङ्कन हो। यस्तो गौरव प्राप्त गर्नु मेरो जीवनकै ऐतिहासिक उपलब्धि हो।”

नेता सुब्बाले लामो राजनीतिक जीवन समाजका वञ्चित, पीडित, दलित, महिला र सीमान्तकृत समुदायको पक्षमा आवाज उठाउँदै बिताएको उल्लेख गर्दै भनिन्, “निष्ठा र समर्पणसाथ काम गर्न पाउनु नै मेरो जीवनको ठूलो उपलब्धि हो।”

उनले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई राष्ट्रिय पुरस्कारको संयोजन तथा निरन्तरताका लागि धन्यवाद दिँदै, वरिष्ठ नेता ज्ञानेन्द्रबहादुर कार्की र पार्टी सभापति शेरबहादुर देउवा तथा उहाँको परिवारप्रति विशेष आभार प्रकट गरिन्।

बीपी कोइरालालाई स्मरण गर्दै उनले भनिन्, “उहाँ विचार, दर्शन र मानवताको धरोहर हुनुहुन्छ। समाजवाद उन्मुख लोकतन्त्रको अवधारणा आज पनि उत्तिकै सान्दर्भिक र प्रेरणादायी छ।”

राजनीति सेवा हो– शासन होइन भन्ने बीपीको मूलदर्शनलाई जीवनभर आत्मसात गर्दै आएको बताउने सुब्बाले यस सम्मानलाई व्यक्तिगत गर्व नभई सार्वजनिक उत्तरदायित्वका रूपमा ग्रहण गर्ने बताइन्। उनले आगामी दिनमा पनि देश, समाज र लोकतन्त्रको सेवामा निष्ठा, इमानदारी र आदर्शका साथ समर्पित भएर लागिरहने प्रतिबद्धता जनाइन्।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्रष्टाहरु नयनसिंह कडायत, मीना सुब्बा, तिलविक्रम नेम्वाङ (वैरागी काईँला), भुवन ढुङ्गाना कोइरालालाई जनही रु एक लाख राशीसहित पुरस्कृत गरेका हुन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
non gamstop casinos anti money laundering basics