जोडिनुहोस
  • होमपेज
  • जेलमै रहेका दुर्गा प्रसाईंको भावुक सन्देश – अध्याँरो कोठाबाट उज्यालोको कामना ! कहिले रिहा गर्ने हो सरकारले ?

जेलमै रहेका दुर्गा प्रसाईंको भावुक सन्देश – अध्याँरो कोठाबाट उज्यालोको कामना ! कहिले रिहा गर्ने हो सरकारले ?

काठमाडौं । राजावादी अभियन्ताका रूपमा चिनिएका तथा विवादास्पद व्यवसायी दुर्गा प्रसाईं हाल डिल्लीबजार कारागारमा छन्। उनीमाथि प्रहरीले आक्रमण गराउन उक्साएको अभियोगमा काठमाडौँ जिल्ला अदालतले जेठ ३० गतेदेखि पुर्पक्ष थुनामा राख्ने आदेश दिएको हो।

कारागारको पर्खालभित्र सीमित जीवन बिताइरहेका प्रसाईंले पछिल्लोपटक भावुक अपील सार्वजनिक गरेका छन्। नाती र छोरीप्रतिको माया मिश्रित पीडाको कथासँगै उनले ‘मात्र अभियन्ता होइन, हजुरबुबा पनि हुँ’ भन्ने सन्देश दिएका छन्।

प्रसाईंले आफ्नो स्वकीय सचिवमार्फत जारी सन्देशमा भनेका छन् – मेरो नातीले मलाई धेरै सम्झन्छ रे। फोटो हेरेर ुचाँडै आउनुहुन्छ भन्ने गर्छ रे। एकछिन नातीसँग खेलेँ जस्तो लाग्छ, तर फेरि डर लाग्छ – के सम्हालिएला? ” उनले नातीसँग नदेखिनु परेको पीडालाई ‘भक्कानो छुट्ने’ अनुभवसँग तुलना गरेका छन्।

उनले थपेका छन् – “विद्यार्थी बनाएर विदेश पठाएको छोरी यही महिनामा डाक्टर बनेर फर्कंदै छ। एयरपोर्टमा पिताप्रेम देखाउने रहर थियो, तर त्यो रहर पनि अधुरै रह्यो।” जेलभित्रै बस्दा आफ्नै छोरीलाई स्वागत गर्न नपाएको भावुकता स्पष्ट झल्किन्छ।

जेलको शून्यता र एकान्ततामा प्रसाईंले आफ्नो जीवनप्रति पनि पुनःविचार गरेका छन्। “मैले पढ्न सकिनँ, जागिर खान सकिनँ, तर डाक्टर पढाउने कलेज बनाएँ, हजारौँलाई जागिर दिएँ – के यी सबै भगवानको योजना बिना सम्भव थियोरु” भन्दै उनले आफ्नो विगत र वर्तमानलाई अध्यात्मसँग जोड्ने प्रयास गरेका छन्।

प्रसाईं पूर्वराजा ज्ञानेन्द्र शाहको नजिक मानिन्छन् र उनी राजसंस्थाको पुनःस्थापनाको पक्षमा खुला आवाज उठाउने अभियन्ता हुन्। तर अहिले, उनी हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा कारागार जीवन बिताइरहेका छन्।उनको हालको सन्देश ‘राजनीतिक कैदीको बयान’ होइन, एक पारिवारिक व्यक्तिको आत्माभिव्यक्ति झैँ लाग्छ – जहाँ अभियन्ता, व्यवसायी, बाबु र हजुरबुबा सबै एकै पटक बोलिरहेका छन्।

दुर्गा प्रसाईंको सन्देशले देखाउँछ – जेलभित्रका पर्खालले केवल स्वतन्त्रता होइन, सम्बन्ध, संवेदना र सपनाहरूलाई पनि कैद गर्छ। ‘एक दिन बादल हट्नेछ’ भन्ने आशावादमा उनी बाँचेका छन्। तर, त्यो उज्यालो न त कानुनी प्रक्रिया टुङ्गिएसम्म देखिन्छ, न त परिवारको पीडाबाट टाढा हुन सकिन्छ।

धेरै टिप्पणी गरिएका