
काठमाडौं । सुर्खेतमा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेकबेसी नगरपालिका–१० का १९ वर्षीय ललित खड्का छन् ।
४० वर्षीया एक महिलाको बलात्कार गरेको उनीमाथि आरोप छ । शुक्रबार (असोज १०) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । ती महिलाको बलात्कार गरेको भन्ने उजुरीपछि खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।





































