जोडिनुहोस
  • होमपेज
  • नागरिक उड्डयन प्राधिकरण विधेयकमा ७२ घण्टे संशोधनको समय खुला

नागरिक उड्डयन प्राधिकरण विधेयकमा ७२ घण्टे संशोधनको समय खुला

नागरिक उड्डयन प्राधिकरण विधेयकमा ७२ घण्टे संशोधनको समय खुला भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकले यो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृति गरेको छ । यो सँगै सांसदहरूका लागि संशोधनको समय खुला भएको हो ।

यो विधेयक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ल्याएका हुन् । १९ माघ २०८१ मा यो विधेयक प्रतिनिधिसभामा दर्ता भएको थियो ।

सोमबार विधेयकमाथि सैद्धान्तिक छलफल भएपछि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको हो । यो सँगै अब विधेयकमाथि सांसदहरूले संशोधन हाल्न सक्नेछन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका