जोडिनुहोस
  • होमपेज
  • नाउपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह १५ गते विश्वासको मत लिँदै

नाउपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह १५ गते विश्वासको मत लिँदै

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने भएका छन् । सोमबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री शाहले साउन १५ गते विश्वासको मत लिने निर्णय गरेको हो ।

सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहलाई विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको हो । मुख्यमन्त्री शाहका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले विश्वासको मत लिने तयारी रहेको जानकारी दिए ।

संसदीय दलको बैठकले साउन १५ गते बेलुकी ५ बजे बस्ने सुदूरपश्चिम प्रदेशसभा बैठकमा संसदीय दलका नेता मुख्यमन्त्री शाहको पक्षमा मतदान गर्न, अनिवार्य उपस्थित हुन ‘ह्वीप’ जारी गरेको छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा विश्वासको मतका लागि २७ मत आवश्यक हुन्छ । सत्ता साझेदार कांग्रेसका १८ र नेकपा एमालेका ११ सांसद छन् ।

धेरै टिप्पणी गरिएका