जोडिनुहोस
  • होमपेज
  • ‘अन्य विद्यार्थीसँगै पढ्छन् अपाङ्गता भएका विद्यार्थी’

‘अन्य विद्यार्थीसँगै पढ्छन् अपाङ्गता भएका विद्यार्थी’

कञ्चनपुर। कञ्चनपुरको लालझाँडी गाउँपालिका–३ स्थित पूर्णिमा आधारभूत विद्यालयमा अपाङ्गता भएका बालबालिकालाई पनि अन्य विद्यार्थीहरूसँगै राखेर पढाइ भइरहेको छ ।

प्रधानाध्यापक लोकबहादुर वडायकका अनुसार यस वर्ष विद्यालयमा चार जना अपाङ्गता भएका विद्यार्थी भर्ना भएका छन् । बालविकास कक्षाका लागि दातृ निकायको सहयोगमा छुट्टै शिक्षक व्यवस्था गरिएको भए पनि उनीहरूलाई अन्य विद्यार्थीहरूसँगै कक्षामा राखेर पठनपाठन गरिन्छ ।

अपाङ्गता भएकै कारण घरभित्र सीमित रहेका बालबालिका विद्यालयमा भर्ना भएपछि सुधार देखिएको अभिभावकहरूले बताएका छन् । बालविकास कक्षामा हाल तीन जना अपाङ्गता भएका विद्यार्थी अध्ययनरत छन् ।

यस्तै, भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक वेदप्रसाद उपाध्यायका अनुसार विद्यालयमा हाल २३ जना अपाङ्गता भएका विद्यार्थी अध्ययनरत छन् । उनीहरूलाई सुन्ने, हेर्ने वा शारीरिक असुविधाअनुसार छुट्टै बस्ने व्यवस्था मिलाइएको छ ।

यस क्षेत्रमा अपाङ्गता भएका बालबालिकाका लागि छुट्टै विद्यालय नहुँदा शिक्षाबाट वञ्चित हुने समस्या देखिएको छ । तर, स्थानीय विद्यालयहरूले अन्य विद्यार्थीहरूसँगै राखेर पढाउन थालेपछि अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच बढ्न थालेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका