जोडिनुहोस
  • होमपेज
  • शहीदका सपना पूरा गर्न नेतृत्व वर्ग एक हुनुपर्छः उपप्रमुख डंगोल

शहीदका सपना पूरा गर्न नेतृत्व वर्ग एक हुनुपर्छः उपप्रमुख डंगोल

काठमाडौं। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले शहीदहरूको सपना पूरा गर्न एकै ठाउँमा उभिएर काम गर्न जरुरी रहेको बताएकी छन् । शहीद दिवसका अवसरमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले शहीदका सपना पूरा गर्न नेतृत्व वर्ग सबै एक हुनुपर्ने बताएकी हुन् ।

उनले भने, “शहीदहरूले देख्नुभएको सपना र त्यो सपना पूरा गर्न वास्तविक रूपमा शहीदहरूको सपना पूरा गर्नका लागि एकै स्थानमा उभिएर हरेक तहका शासन व्यवस्थाको नेतृत्व उभिनुपर्ने अवस्था आएको छ । त्यसका लागि सम्पूर्ण नेतृत्वदायी भूमिका निभाइरहनुभएको नेतृत्वलाई अनुरोध गर्न चाहन्छु ।”

माघ १६ गते हरेक वर्ष शहीदहरूको समरणमा शहीद दिवस मनाउने गरिन्छ । सोहीअनुसार आज शहीदहरूको स्मरणमा लैनचौरमा शहीदहरूको शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help