जोडिनुहोस
  • होमपेज
  • सगरमाथा क्षेत्रमा व्यावसायिक उडान नगर्न खुम्बु पासाङल्हामु गाउँपालिकाको निर्देशन

सगरमाथा क्षेत्रमा व्यावसायिक उडान नगर्न खुम्बु पासाङल्हामु गाउँपालिकाको निर्देशन

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले सगरमाथा क्षेत्रमा व्यावसायिक उडान नगर्न हेलिकोप्टर कम्पनीहरूलाई पुनः जानकारी गराएको छ ।

उद्धार उडानका नाममा मानिस र सामान बोक्न थालेपछि उद्धार र निश्चित ठाउँसम्म सामान बोक्न अनुमति पाएका बाहेकका उडान नगर्न भनेको गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरी शेर्पाले जानकारी दिएका हुन् । उनका अनुसार सगरमाथा क्षेत्रमा उद्धारका लागि बोलाइका हेलिकप्टर अरू यात्रु र सामान खोज्दै ढिला गरी पुग्ने क्रम बढेपछि यस्तो निर्देशन दिनुपरेको हो ।

काठमाण्डौबाट बिरामी लिन उडेको हेलिकप्टर लुक्ला, नाम्चे, एभरेस्ट होटेल अनि पाङ्बोचे हुँदै सात ठाउँमा अवतरण भएर बल्ल आधार शिविर पुग्ने गरेको पाइएको अध्यक्ष शेर्पाले बताए । उद्धारका लागि पैसा तिरेर बोलाएको हेलिकप्टर बीचमा अवतरण गर्नुपर्ने कारण नरहेको भन्दै उहाँले हेलिकप्टर कम्पनीहरूले मनपरी गरिरहेका बताए।

आधार शिविरबाट एकरदुई जना बिरामी बोकेका हेलिकप्टर बीचमा अवतरण गर्दै अरू यात्रु तथा सामान बोक्ने गर्छन् । यसले गर्दा उद्धारका लागि हेलिकप्टर बोलाएका बिरामी घण्टौंपछि मात्रै स्वास्थ्य संस्थामा पुग्ने गरेका छन् । नागरिकबाट गुनासो आएको र खुम्बु क्षेत्रमा हेलिकप्टरको प्रयोगमाथि प्रश्न उठेपछि पालिका सरकारले नियमन थालेको पालिकाका अध्यक्ष मिङ्मा छिरी शेर्पाले जानकारी दिए ।

गाउँपालिकाले निकालेको सूचनामा ‘रेस्क्युु हेलिकप्टर बीचमा ‘होल्डु गर्न नपाउने, आरोहणसम्बन्धी कार्गो र अन्य अनुमति प्राप्त कार्गो उडान पाङ्बोचेसम्म मात्र गर्न पाउने, माउन्टेन फ्लाइट ४ हजार ३ सयभन्दा कम उचाइमा मात्र रोकिन पाउने उल्लेख छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help