जोडिनुहोस
  • होमपेज
  • नेपाली टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा दक्षिण अफ्रिकाका पूर्वक्रिकेटर पोथास नियुक्त

नेपाली टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा दक्षिण अफ्रिकाका पूर्वक्रिकेटर पोथास नियुक्त

नेपाली राष्ट्रिय क्रिकेट टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा दक्षिण अफ्रिकाका पूर्वक्रिकेटर निक पोथास नियुक्त भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली क्रिकेट टोलीको स्कटल्यान्ड भ्रमणका लागि पोथासलाई कन्सल्ट्यान्ट प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिएको छ ।

निक पोथासले दक्षिण अफ्रिकाको राष्ट्रि टोलीबाट ३ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । पोथाससँग वेस्ट इन्डिज र श्रीलङ्काको अन्तरिम मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेको अनुभव छ । यस्तै पछिल्लो समयमा उनले बङ्गलादेशको सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए ।

नेपालले स्कटल्यान्डमा आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृङ्खला खेल्दैछ । यही जेठ १९ देखि २७ गतेसम्म हुने लिग–२ को त्रिदेशीय शृङ्खलामा नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्स सहभागी छन् ।

लिग–२ र टी–२० शृङ्खलाका लागि यसअघि नै नेपाली टोली घोषणा भइसकेको छ । लिग–२ मा नेपाल १२ खेलमा ६ अङ्कसहित तालिकाको पुछारमा छ । यस्तै नेदरल्यान्ड्स दोस्रो र स्कटल्यान्ड चौथो स्थानमा छन् । लिग–२ तालिकाको शीर्ष स्थानमा अमेरिका छ ।

लिग–२ पछि यी तीन देशबीच असार १ देखि ६ गतेसम्म टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला हुनेछ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 14