जोडिनुहोस
  • होमपेज
  • गत आर्थिक वर्षमा मुगुबाट ७४ मेट्रिक टन सिमी बिक्री

गत आर्थिक वर्षमा मुगुबाट ७४ मेट्रिक टन सिमी बिक्री

मुगु। आर्थिक वर्ष २०८१/८२ मा मुगु जिल्लाबाट ७४ मेट्रिक टन सिमीसहित झन्डै रु चार करोड बराबरका परम्परागत अन्नबाली अन्य जिल्लामा बिक्री भएका छन्।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ मुगुका निमित्त कार्यालय प्रमुख तेज विक्रम मल्लका अनुसार चिनो, काउनो, रातो चामल, सिमी, फापर, नाफल र जौँजस्ता अन्नबाली जिल्लाबाट बाहिर बिक्री भएका हुन्।

सिमीजोनका रूपमा परिचित मुगुमा सिमी ढुवानीमा किसानलाई ५० प्रतिशत अनुदान दिइएको छ। गत वर्ष सिमी ढुवानीका लागि मात्रै रु चार लाख ९० हजार अनुदान दिएको कार्यालयले जनाएको छ।

त्यस्तै २३० मेट्रिक टन परम्परागत अन्नबाली बिक्री भएको छ, जसको स्थानीय मूल्य करिब रु दुई करोड सात लाख बराबर रहेको छ। ती बालीमध्ये सिमीबाहेक अन्यमा ढुवानी अनुदान दिइएको थिएन।

चालु आवमा सिमी ढुवानी अनुदानका लागि रु पाँच लाख र अन्य बालीका लागि रु तीन लाख बजेट विनियोजन गरिएको मल्लले जानकारी दिए। साथै, चालु वर्ष ८० मेट्रिक टन सिमी निर्यात गर्ने लक्ष्य लिइएको छ।

बजार तथा यातायात अभावका कारण किसानले परम्परागत बाली सस्तो मूल्यमा गाउँमै बिक्री गर्दै आएका छन्। बजारीकरण र ढुवानी अनुदान बढाउन सके परम्परागत बाली ग्रामीण आर्थिक विकासको आधार बन्न सक्ने बताइएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 14