जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • काठमाडौँमा सात दलको विरोध प्रदर्शन : विदेशी हस्तक्षेप र सन्धी–सम्झौताविरुद्ध आक्रोश

काठमाडौँमा सात दलको विरोध प्रदर्शन : विदेशी हस्तक्षेप र सन्धी–सम्झौताविरुद्ध आक्रोश

काठमाडौं । विदेशी हस्तक्षेप र साम्राज्यवादविरुद्ध सात राजनीतिक दलले शुक्रबार संयुक्त विरोध कार्यक्रम गर्दै सरकार र विदेशी शक्तिको कदमप्रति आक्रोश प्रकट गरेका छन्।

दलहरूले सुगौली सन्धि (सन् १८१६) देखि हालैको एमसीसी सम्झौता सम्म नेपालका शासकहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न रहेको आरोप लगाएका छन्। उनीहरूले यस्ता असमान सम्झौता र हस्तक्षेपले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा गम्भीर चोट पुर्‍याएको दाबी गरेका छन्।

भदौ ३ गते भारत र चीनले नेपाललाई कुनै जानकारी नदिई लिपुलेक मार्ग हुँदै सीमा पार व्यापार सम्झौता गरेको भन्दै दलहरूले यसलाई “रणनीतिक हस्तक्षेप” ठहर गर्दै तुरुन्त खारेज गर्न माग गरेका छन्।

विरोधमा सहभागी सात दलहरूमा नेपाल कम्युनिस्ट पार्टी, समाजवादी कम्युनिस्ट पार्टी नेपाल, श्रमिक जनता पार्टी नेपाल, ग्रेटर नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी ९क्रान्तिकारी०, नेकपा ९विद्रोही० र नयाँ जनवादी मोर्चा नेपाल रहेका छन्।

सन्धी–सम्झौतामार्फत नेपालको स्वाधीनता कमजोर पार्ने प्रयास हुँदै आएको उल्लेख गर्दै उनीहरूले भविष्यमा यस्ता असमान सम्झौताविरुद्ध एकजुट भएर संघर्ष गर्ने प्रतिबद्धता जनाएका छन्।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Торговая Forex платформа для ПК