जोडिनुहोस

हालको खबर

Bilan Expert Betify Casino Éléments Majeurs
  • २0 मिनेटutes अगाडि

Betify Casino – Examen Complet 91

  • २ घन्टा अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • ३ घन्टा अगाडि

Betify Casino – Examen Complet 115

  • ५ घन्टा अगाडि
  • ५ घन्टा अगाडि
  • होमपेज
  • आज २०८२ साल कात्तिक १२ गते बुधबारको राशिफल

आज २०८२ साल कात्तिक १२ गते बुधबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

– ज्यो. प. सूर्यनाथ लुइटेल

मेषः दिन राम्रो छ। सोचेका काम बन्नेछन्। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। विपक्षी शान्त रहेकाले काम सहज बन्नेछ।

वृषः दिन राम्रो छ। धन बढ्ने छ। शिक्षामा प्रगति हुनेछ। विदेशतर्फ मन आकर्षित हुने योग छ। विरोधी सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्ने छ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः दिन सामान्य छ। आफ्नै बोलीका कारण अप्ठेरो परिस्थिति सिर्जना हुनसक्छ। बोल्नु भन्दा अगाडि तीन पटक सोच्नु उचित हुन्छ। बन्धुसँगको साझेदारीले फाइदा हुनेछ। सम्पत्तिका पछाडि लाग्दा स्वास्थ्यमा समस्या हुनेछ।

कर्कटः दिन सामान्य छ। साथीले असहयोग गर्नेछन्। राजनीतिमा अगाडि नबढ्नु राम्रो हुन्छ। आलोचना गर्ने साथीको संख्या बढ्नेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। परिवारभित्र सचेत भएर व्यवहार गर्नुपर्ने देखिन्छ।

सिंहः दिन सामान्य छ। कामको बोझ थपिने छ। बोल्दा तीन पटक सोच्नु राम्रो हुन्छ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ। राजनीतिक क्षेत्रमा अगाडि बढेर निर्णय नगर्नु राम्रो हुन्छ।

कन्याः दिन राम्रो छ। शुभ ग्रहको बहुमत भएकाले आफन्तको साथ मिल्नेछ। व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ। गुरुसँग सल्लाह लिएर काम गर्नु उचित हुन्छ। निजी क्षेत्रको लगानीबाट नाफा हुनेछ।

तुलाः दिन सामान्य छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। शिक्षा र राजनीतिक क्षेत्रबाट भने लाभ प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा सेवाको असर मिल्नेछ। परिवारभित्र भने मनमुटाव बढ्नेछ।

वृश्चिकः दिन राम्रो छ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। गुरुसँगको भेटले सम्मान बढ्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। स्वास्थयको विशेष ख्याल गर्नुपर्ने दिन छ।

धनुः तपाईंका लागि आजको दिन धेरै राम्रो छ। व्यापारमा फाइदा हुनेछ। शिक्षामा प्रगति हुनेछ। स्वास्थ्यमा सुधार हुने योग छ। विपक्षी साथी बौद्धिक भएकाले विरोधको आवाज सुन्नुपर्ने छ। तपाईंको विजयमा भने कसैले अवरोधन नगर्ने देखिन्छ।

मकरः दिन राम्रो छ। धनलक्ष्मी योग परेकाले सम्पत्तिको सदुपयोग गर्ने समय छ। स्वदेशमा विकल्प देखेर खुशी बढ्नेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। धार्मिक कुरामा अविश्वास बढ्नेछ।

कुम्भः दिन सामान्य छ। अनावश्यक खर्च बढ्नेछ। साथीसँग सानासाना कुरामा मनमुटाव हुनेछ। बोल्नु अगाडि सोच्नु उचित हुनेछ। शिक्षामा ढिलासुस्ती हुने जोखिम छ। स्वास्थ्यमा भने सुधारका संकेत देखिनेछन्।

मीनः दिन राम्रो छ। यात्रामा अनावश्यक खर्च भए पनि तपाईंको नामको चर्चा हुनेछ। परिावारभित्र भन्दा बाहिरका साथीले प्रशंसा गर्नेछन्। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Bilan Expert Betify Casino Éléments Majeurs