जोडिनुहोस
  • होमपेज
  • पत्रकार रजकको मृत्युबारे छानबिन गर्न माग

पत्रकार रजकको मृत्युबारे छानबिन गर्न माग

काठमाडौं– प्रेस चौतारी नेपालले यही चैत १५ गते शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा पत्रकार सुरेश रजकको मृत्युका सम्बन्धमा छानबिन गर्न माग गरेको छ ।

आज एक कार्यक्रममा चौतारीका अध्यक्ष गणेश पाण्डेले एभिन्यूज टेलिभजनकर्मी रजकको मृत्युको सम्बन्धमा तत्काल छानबिन गर्न र उनका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गरे।

शुक्रबार भएको प्रदर्शनका क्रममा पत्रकार रजक र प्रदर्शनकारी सविन महर्जनको पनि मृत्यु भएको थियो ।

प्रदर्शनका क्रममा नेपाल प्रहरीका ५३, सशस्त्र प्रहरी बलका २२ र प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएको भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी प्रदर्शनकारीले नौ वटा सरकारी सवारीसाधन, छ वटा सरकारी वा निजी नखुलेका सवारीसाधनमा आगजनी गरेका थिए । प्रदर्शनकारीले विभिन्न १४ स्थानमा आगजनी गर्नुका साथै नौ वटा संस्थामा तोडफोड र एक स्थानमा लुटपाट गरेका थिए ।

धेरै टिप्पणी गरिएका