जोडिनुहोस
  • होमपेज
  • स्कटल्यान्डमा हुने विश्वकप लिग–२ शृङ्खलाको बन्द प्रशिक्षणमा ४८ जना खेलाडी

स्कटल्यान्डमा हुने विश्वकप लिग–२ शृङ्खलाको बन्द प्रशिक्षणमा ४८ जना खेलाडी

स्कटल्यान्डमा हुने आईसीसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गतको त्रिदेशीय शृङ्खलाका लागि नेपाल क्रिकेट सङ्घ ९क्यान० ले प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा ४८ जना खेलाडीलाई बोलाएको छ ।

प्रारम्भिक टोलीमा राष्ट्रिय टोलीका नियमित सदस्यसहित भर्खरै सकिएको प्रधानमन्त्री कप क्रिकेट खेलेका खेलाडीहरू छन् । बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीलाई नेपाल निलो, नेपाल रातो, नेपाल हरियो र नेपाल पहेँलो गरी चार वटा समूहमा विभाजन गरिएको छ ।

नवनियुक्त प्रमुख प्रशिक्षक स्टुअर्ट लको प्रत्यक्ष निगरानीमा अभ्यास खेलहरू सञ्चालन गरिने क्यानले जनाएको छ ।

आउँदो जुनमा हुने लिग–टु अन्तर्गतको त्रिदेशीय शृङ्खलामा नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्स छन् । लिग–टु मा नेपालले अहिलेसम्म १२ खेलमा मात्र २ वटा जित्दै ६ अङ्कसहित तालिकाको सातौं स्थानमा छ ।

यी हुन् छनोटमा परेका खेलाडीहरू

रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल, गुल्सनकुमार झा, करण केसी, ललितनारायण राजवंशी, अनिलकुमार शाह, सन्दीप जोरा, आरिफ शेख, भीम सार्की, कुशल मल्ल, सागर ढकाल, लोकेशबहादुर बम, शाहब आलम, आकाश चन्द, विवेकुमार यादव, सूर्य तामाङ, रिजन ढकाल, देव खनाल, बसिर अहमद, प्रतिस जिसी, अबिनाश बोहरा, मयन यादव, अर्जुन घर्ती, हेमन्त धामी, दिपेशप्रसाद कँडेल, रुपेशकुमार सिंह, अर्जुन कुमाल, शुभ कंसाकर, किरण ठगुन्ना, ईशान पाण्डे, शेर मल्ल, प्रज्वल थापा, तृतराज दास, दीपेन्द्र रावत, नन्दन यादव, सुजन थपलिया, दिलिप नाथ, आकाश त्रिपाठी, विशाल पटेल, शकिब हक, विनोद भण्डारी, पवन सर्राफ, रशिद खान र अर्जुन साउद ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help