जोडिनुहोस
  • होमपेज
  • इजरायलले रोक्यो ३ हजार सहायता ट्रक, गाजामा ६५ हजार बालबालिका कुपोषणमा

इजरायलले रोक्यो ३ हजार सहायता ट्रक, गाजामा ६५ हजार बालबालिका कुपोषणमा

गाजा। इजरायलले अनिकाल र भोकमरी फैलिएको गाजामा मानवीय सहायताको प्रवेशमा रोक लगाएको छ।

राष्ट्र संघीय संस्था युएनआरडब्लुएका अनुसार गाजामा जीवन बचाउने सहायताका लागि जान खोजेका लगभग ३ हजार ट्रकहरू क्रसिङहरूमा पर्खिरहेका छन् ।

विश्व खाद्य कार्यक्रमका अनुसार ती ३ हजार ट्रकमा १ लाख १६ हजार मेट्रिक टन भन्दा बढी खाद्य सहायता रहेको छ, जो चार महिनासम्म एक मिलियन मानिसहरूलाई खुवाउन पर्याप्त रहेको छ ।

उता इजरायलले प्यालेस्टिनीहरू विरुद्ध भोकमरी हतियार बनाइएकाले कुपोषणले धेरै बालबालिकाको ज्यान लिइसकेको जनाइएको छ।

गाजाको सरकारी मिडिया कार्यालयले इजरायलले गरिरहेको नाकाबन्दीका कारण प्यालेस्टिनी बालबालिकाको पीडालाई बढाएको आरोप लगाएको छ, जसले दैनिक भोकमरीको सामना गरिरहेका १.१ मिलियन मध्ये ६५ हजार भन्दा बढी बालबालिकालाई व्यापक रूपमा तीव्र कुपोषणले असर गर्न थालेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options