जोडिनुहोस
  • होमपेज
  • अवरुद्ध राप्ती राजमार्ग झन्डै १० घण्टापछि सञ्चालनमा

अवरुद्ध राप्ती राजमार्ग झन्डै १० घण्टापछि सञ्चालनमा

सल्यान।लगातारको वर्षासँगै पहिरो खसेपछि अवरुद्ध भएको राप्ती राजमार्ग झन्डै १० घण्टापछि पुनः सञ्चालनमा आएको छ।

सल्यानको बागचौर नगरपालिका–२ स्थित खरिबोट नजिकै सडक माथिबाट गएको ठूलो पहिरोका कारण राजमार्ग मंगलबार राति साढे ९ बजेदेखि पूर्ण रूपमा बन्द भएको थियो। जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम खत्रीका अनुसार जोखिमका कारण राति पहिरो हटाउन नसकिएको र बुधबार बिहान ८ बजेदेखि मात्रै सडक खुलाइएको हो।

साना सवारी साधनहरू वैकल्पिक मार्ग प्रयोग गरेर गन्तव्यतर्फ लागेका थिए भने ठूला सवारीहरू बाटोमै रोकिएका थिए। सडक सञ्चालनमा आएसँगै ठूला सवारी साधनहरू पनि गन्तव्यतर्फ प्रस्थान गरिसकेको प्रहरीले जनाएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Chicken Road Bonuses and Promo Codes for Indian Players