
काठमाडौँ।प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रियसभाको बैठकमा नेपालको अतिकम विकसित राष्ट्र बाट विकासशील राष्ट्रमा स्तरोन्नति (एलडिसी ग्रयाजुएसन) सम्बन्धी विषयमा सम्बोधन गर्ने भएका छन्।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार, बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले पेस गर्ने अध्ययन प्रतिवेदनमाथि उठेका प्रश्नमा प्रधानमन्त्री ओलीले जवाफसहित सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
राष्ट्रियसभाको बैठक आज अपराह्नका लागि बोलाइएको छ।






































