जोडिनुहोस
  • होमपेज
  • त्रिदेशीय महिला टी–२०ः आज नेदरल्याण्ड्स र थाइल्याण्ड भिड्दै, नेपालको खेल शनिबार

त्रिदेशीय महिला टी–२०ः आज नेदरल्याण्ड्स र थाइल्याण्ड भिड्दै, नेपालको खेल शनिबार

काठमाडौं। बिहीबार सुरु भएको त्रिदेशीय महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खला अन्तर्गत आज नेदरल्याण्ड्स र थाइल्याण्ड प्रतिस्पर्धा गर्दैछन्।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार सम्पन्न उद्घाटन खेलमा नेपाल नेरदल्याण्डसँग २० रनले पराजित भएको छ। टस जितेर नेदरल्याण्ड्सलाई सुरुमा ब्याटिङको निम्तो दिएको नेपालले पाएको १५८ रनको लक्ष्य भेट्न नसक्दा घरेलु मैदानमा पहिलो खेलमा पराजय भोगेको हो। पूरै २० ओभर खेलको नेपालले सात विकेटको क्षतिमा १३७ रन मात्र बनाउन सक्यो।

आईसीसीको वरीयतामा नेदरल्याण्ड्स १६औँ र नेपाल २०औँ स्थानमा छ भने थाइल्याण्ड १३औँ स्थानमा छन्। अर्को खेलमा नेपालले शनिबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help