जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • आर्थिक अभावले जोङलुङ गुम्बाको पुनर्निर्माण अधुरै

आर्थिक अभावले जोङलुङ गुम्बाको पुनर्निर्माण अधुरै

फुङ्लिङ (ताप्लेजुङ)। मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोलास्थित जोङलुङ गुम्बाको पुनर्निर्माण आर्थिक अभावका कारण अधुरो भएको छ।

स्थानीय, विदेशी दाता र गाउँपालिकाको सहयोगमा पुनर्निर्माण थालिए पनि अन्त्यमा बजेट अपुग हुँदा काम रोकिएको हो।

विसं १९०५ मा स्थापना भएको गुम्बाको संरक्षणका लागि गुठीको व्यवस्था गरिए पनि गुठी निरन्तर नहँुदा २०७७ सालमा स्थानीय तेन्जिङ शेर्पाको अगुवाइमा पुनर्निर्माण सुरु गरिएको थियो। अमेरिका, जर्मनीलगायत देशमा रहेका नेपालीले शेर्पालाई रु ४५ लाख सहयोग गरेका थिए।

प्रारम्भिक संरचनागत काम सकिए पनि प्लास्टर, भुइँ सिँगार, सिलिङलगायत काम गर्न रकम अभाव भएको सामाजिक अभियन्ता शेर्पाले जानकारी दिए। उनले गुम्बाको पुनर्निर्माणका लागि थप सहयोग गर्न दाताहरूसँग आग्रह गरेका छन्।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Торговая Forex платформа для ПК