जोडिनुहोस
  • होमपेज
  • इजरायली गोलीबारीमा परेर गाजामा खाना पर्किरहेका ५० जनाभन्दा बढीको मृत्यु

इजरायली गोलीबारीमा परेर गाजामा खाना पर्किरहेका ५० जनाभन्दा बढीको मृत्यु

इजरायली गोलीबारीमा परेर गाजामा खाना फर्किरहेका ५० जनाभन्दा धेरैको ज्यान गएको छ ।

इजरायली सेनाले सहायता ट्रक वरिपरि भेला भएका भीडमाथि गोली चलाउँदा अरु चार सय जनाभन्दा धेरै घाइते भएका हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । इजरायली सेनाले भने चेतावनीपूर्ण गोली चलाएको तर कुनै हताहतको बारेमा थाहा नभएको बताएको छ ।

अमेरिकी राजदूत स्टिभ विटकफ इजरायल आइपुग्दा यो घटना भएको हो । गएको हप्ता युद्धविराम र बन्धक रिहाइ सम्झौता वार्ता अवरुद्ध भएपछि हमासविरुद्ध दण्डात्मक उपायहरू विचार गरिरहेका इजरायली अधिकारीहरूलाई विटकफले भेट्ने कार्यक्रम छ ।

प्यालेस्टिनी भू–भागमा अहिलेको भयानक मानवीय अवस्थाप्रति बढ्दो अन्तर्राष्ट्रिय आक्रोशका बीच उहाँले विवादास्पद इजरायली र अमेरिका समर्थित गाजा मानवीय फाउन्डेशन ९जीएचएफ० द्वारा सञ्चालित सहायता वितरण स्थलहरूको पनि भ्रमण गर्ने खबरमा उल्लेख छ ।

यसैबीच गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले युद्ध शुरू भएदेखि अहिलेसम्म भोकमरी र कुपोषणका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ५४ पुगेको छ ।

 

धेरै टिप्पणी गरिएका