जोडिनुहोस
  • होमपेज
  • रुकुम पश्चिममा पहिरोले पुरिएर महिलाको मृत्यु

रुकुम पश्चिममा पहिरोले पुरिएर महिलाको मृत्यु

त्रिवेणी (रुकुम पश्चिम) । रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१, छिङमा पहिरोले पुरिएर एक महिलाको मृत्यु भएको छ । आइतबार (भदौ १५) बिहान भेँडाबाख्रा लिएर गोठालो जाँदै गरेकी तल्लो छिङकी करिब ६९ वर्षीया हिमकुमारी मल्लको पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष ज्ञानुचन्द्र चन्दले जानकारी दिए ।

उनीसँगै भेँडा र बाख्रासमेत पहिरोमा पुरिएर मरेका छन् । हिमकुमारीले आउन ढिला गरेपछि परिवारका सदस्यले खोजी गर्दै जाँदा पहिरोले पुरिएको अवस्थामा शव फेला पारेको वडाध्यक्ष चन्दले बताए । उनका अनुसार, मृतकको शव प्रहरी र स्थानीयको सहयोगमा निकालिएको हो । रासस

प्रचलन खबर

धेरै टिप्पणी गरिएका