जोडिनुहोस

हालको खबर

Betify Casino – Examen Complet 91

  • ४४ मिनेटutes अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • ५४ मिनेटutes अगाडि

Betify Casino – Examen Complet 115

  • ३ घन्टा अगाडि
  • ३ घन्टा अगाडि
  • होमपेज
  • आज २०८२ साल कात्तिक १४ गते शुक्रबारको राशिफल

आज २०८२ साल कात्तिक १४ गते शुक्रबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

– ज्यो. प. सूर्यनाथ लुइटेल

मेषः दिन राम्रो छ। तपाईंले बोल्दा भने सचेत बन्नुपर्ने छ। राजनीतिक क्षेत्रमा फाइदा हुनेछ। महत्त्वपूर्ण राजनीतिक नियुक्तिको अवसर प्राप्त हुने सम्भावना छ। शिक्षामा सफलता मिल्नेछ।

वृषः दिन सामान्य छ। विरोधी सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्ने छ। मिल्ने साथी विपक्षीको मोर्चामा पुग्नेछन्। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ।

मिथुनः दिन राम्रो छ। भाग्यको स्थानमा चन्द्रमा पुगेकाले सोचेको काम बन्नेछ। गुरुसँगको भेटले मन शान्त बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। हरेक काममा थप मिहिनेत गर्नुपर्ने आवश्यक छ।

कर्कटः दिन सामान्य छ। साथीभाइ नै विरोधमा सक्रिय छन्। तपाईंले विश्वास गरेका पात्र विपक्षीको मोर्चामा उभिएका छन्। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ।

सिंहः दिन राम्रो छ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षामा ढिलासुस्ती भए पनि स्वास्थ्यमा सुधार हुनेछ। समाज र परिवारमा तपाईंको प्रशंसा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कन्याः दिन सामान्य छ। तपाईंमाथि व्यवहारिक बोझ थपिने छ। आफन्तले काममा अवरोध गर्नेछन्। परिवारको साथमा काम गर्नुपर्ने छ। शिक्षामा सुधार हुनेछ। प्रेम सम्बन्धमा खटपटी बढ्नसक्छ।

तुलाः दिन राम्रो छ। परिवारको साथमा रमाइलो घुमघाम हुनेछ। धार्मिक क्षेत्रमा तपाईंको चर्चा हुनेछ। समाजमा सम्मान प्राप्त गर्ने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिकः दिन सामान्य छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। तपाईंको योजना सफल बन्नेछ। गुरुको साथ लिएर अगाडि बढ्नुपर्ने छ। परिवारलाई विश्वास गर्दा धोका हुने जोखिम छ।

धनुः दिन सामान्य छ। खर्च बढ्नेछ। सोचेको काम बन्दा अनावश्यक खर्चले सताउने छ। यात्रा नगर्नु उचित हुन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुन्छ।

मकरः दिन राम्रो छ। धनलक्ष्मी योग परेकाले सम्पत्तिको सदुपयोग गर्नुपर्ने छ। स्वदेशमै रोजगारीको विकल्प देखेर मन रमाउने छ। स्वास्थ्य र शिक्षाको लगानीबाट उन्नति हुनेछ। राजनीतिक क्षेत्रमा बढुवा हुने देखिन्छ।

कुम्भः दिन राम्रो छ। साथीसँगको भेटले मन प्रशन्न हुनेछ। तपाईंको राशिमा चन्द्रमा पुगेकाले सोचेको काम बन्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ।

मीनः दिन सामान्य छ। अनावश्यक खर्च बढ्नेछ। सम्पत्तिको सदुपयोग गर्दा सचेत बन्नुपर्ने देखिन्छ। धार्मिक यात्रा तय हुनेछ। अग्रज व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Betify Casino – Examen Complet 91

छुटाउनु भयो कि?