
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटाइएको छ। नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँका दरले मूल्य घटाइएको छ। यस्तै, आन्तरिकतर्फको हवाइ इन्धनको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ घटाइएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ।
अन्तर्राष्ट्रिय तर्फको हवाइ इन्धनमा भने प्रति किलोमिटर अमेरिकी डलर ४२ ले मूल्य घटाइएको निगमले जनाएको छ।




































