
जापान, क्यानडा, बेलायत, भारत र नेपालको सहभागितामा अन्तर्राष्ट्रिय कराते सेमिनार सफलतापूर्वक सम्पन्न भएको छ। भारतका प्रमुख प्रशिक्षक दिलिप कास्यपको आयोजनामा सम्पन्न उक्त सेमिनारले कराते प्रशिक्षण, अनुशासन र अन्तर्राष्ट्रिय अनुभव आदान–प्रदानलाई थप मजबुत बनाएको आयोजकले जनाएका छन्।

कार्यक्रममा विश्व गोजु रियु करातेका सदस्य, एसिया कराते महासंघका सचिव तथा युनियन गोजु रियु कराते संघका अध्यक्ष प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो। साथै जापान गोजु रियु केन्वाकाई संघका संस्थापक हान्शि अकियो ताकाहाशी, शिहान कोजी कानेडा र शिहान शिभोशावा विशेष अतिथिका रूपमा उपस्थित हुनु भएको थियो।

क्यानाडा बाट जापान गोजु रियु केन्वाकाई प्रमुख प्रशिक्षक बिशन शिह खड्का, नेपाल बाट जापान गोजु रियु केनवाकाई संघ का प्रमुख प्रशिक्षक रमेश अधिकारी, प्रेम थापा जापान गोजु रियु केन्वाकाई कराते संघ का उपाध्यक्ष तथा वरिष्ठ खेलाडी, सदस्य जापान गोजु रियु केन्वाकाई कराते संघ, डा. तिलु राना सस्थापक कोसाध्यक्ष जापान गोजु रियु केन्वाकाई कराते दो संघ तथा नेपाल ओकिनावा गोजु रियु कराते दो संघ का प्रमुख प्रशिक्षकको समेतको उपस्थिति भएको थियो ।

सेमिनारका क्रममा सम्पन्न बेल्ट परीक्षणमा मान बहादुर भर्तालले चौथो डान, शेरबहादुर बुढाथोकीले तेस्रो डान, आदेश अर्याल र कृतिश खड्काले दोस्रो डान तथा कृति केवट, समिदुन निशा र रिदम रानाले पहिलो डान उत्तीर्ण गरेका छन्।
पाँच दिनसम्म सञ्चालन भएको उक्त अन्तर्राष्ट्रिय कराते सेमिनार भारतको मेरठस्थित तीनतारे होटलमा सम्पन्न भएको हो। सेमिनारको सम्पूर्ण प्रशिक्षण जापान गोजु–रियु कराते केन्वाकाईका हान्शि अकियो ताकाहाशीले दिनु भएको थियो।

सेमिनार सन् २०२५ डिसेम्बर २८ देखि २०२६ जनवरी २ सम्म सञ्चालन भएको थियो। आयोजकका अनुसार यस प्रकारका अन्तर्राष्ट्रिय सेमिनारले नेपाली खेलाडीलाई विश्वस्तरीय प्रशिक्षण र अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्न प्रेरणा दिने विश्वास लिइएको छ।




































