
वीरगञ्जमा जारी कर्फ्यू थप ५ घण्टा लम्व्याइएको छ । मंगलबार दिउँसो १ बजेसम्म लगाइएको कर्फ्यू मंगलबार साँझ ६ बजेसम्म लम्बिएको हो ।
जिल्ला प्रशासन कार्यालय पर्साले १ बजेसम्म जारी गरिएको कर्फ्यू पुनः थप गरी साँझ ६ बजेसम्म पुर्याइएको सूचनामार्फत जानकारी दिएको छ ।
धार्मिक एवं सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्म जारी गरिएको कर्फ्यू दिउँसो १ बजेसम्मका लागि लम्ब्याइएको थियो ।
वीरगञ्ज महानगरपालिका क्षेत्रअन्तर्गत पूर्वमा बसपार्क, नगवा, इनर्वा, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको छ ।




























