जोडिनुहोस
  • होमपेज
  • विशेष महाधिवेशन विवाद चुलिँदा कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

विशेष महाधिवेशन विवाद चुलिँदा कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेको घोषणा गरेपछि कांग्रेसले बैठक बोलाएको हो ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बिहीबार अपराह्न ४ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ ।

यसअघि बुधबार कांग्रेसले विज्ञप्ति जारी गर्दै पार्टी विधानअनुसार विशेष महाधिवेशन बोलाउने अधिकार कुनै व्यक्तिलाई नभई केन्द्रीय कार्यसमितिलाई मात्र रहेको स्पष्ट पारेको थियो । तर त्यसलगत्तै विशेष महाधिवेशन पक्षधर नेताहरूले पत्रकार सम्मेलनमार्फत विशेष महाधिवेशन आह्वानको घोषणा गरेका थिए । महामन्त्रीद्वय थापा र शर्माले पनि छुट्टाछुट्टै वक्तव्यमार्फत सोही घोषणा दोहोर्‍याएका छन् ।

पछिल्लो घटनाक्रमपछि कांग्रेसभित्र उत्पन्न विवाद र आगामी रणनीतिबारे छलफल गर्न केन्द्रीय कार्यसम्पादन समिति बैठक महत्वपूर्ण मानिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका