
नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक शनिबार बस्दैछ । ११औँ राष्ट्रिय महाधिवेशनपछि निर्वाचित केन्द्रीय कमिटीको पुस ४ गते बसेको पहिलो केन्द्रीय कमिटी बैठकले शनिबारदेखि दोस्रो केन्द्रीय कमिटी हुने तय गरेको हो । बैठक पुस २८सम्म बस्नेछ।
बैठक ललितपुरको मेजेस्टिक ग्रेन्ड पार्टी पार्टी प्यालेसमा बिहान ११ बजेबाट शुरु हुने छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तयारीका विषयमा बैठक केन्द्रित हुने छ । बैठकमा सचिवालयले प्रदेश संयोजनको जिम्मेवारीसहित जिल्ला संयोजनको काम टुङ्ग्याएकाले विषय अनुमोदनसँगै पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा निर्वाचन परिचालन समिति, अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा घोषणा पत्र मस्यौदा समिति बनाइसकेको विषयमा पनि थप छलफल हुनेछ ।
बैठकमा पार्टी महाधिवेशनमा हारेका, पाका र कार्यकारी भूमिकाबाट अलग भएकाहरु समेटेर केन्द्रीय सल्लाहकार परिषद् गठन तयारी छ ।




































