
जर्मनी । नेपाली जनसम्पर्क समिति जर्मनीले विशेष महाधिवेशनमा सहभागि नहुन आग्रह गरेको छ ।
जनसम्पर्क समिति जर्मनीका सभापति शिखर खड्काले विज्ञप्तीमार्फत महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले पुसको २७ र २८ गते आव्हान गरेको विशेष महाधिवेशनमा सहभागि नहुन आग्रह गरेको हो । व्यक्ति, पदिय स्वार्थ र षड्यन्त्रले आयोजना गरेको विशेष महाधिवेशनले आगामी निर्वाचनमा कांग्रेसलाई ठुलो धक्का लाग्ने, पार्टी नै कमजोर र पार्टी विभाजनसम्म हुन सक्ने भय भएकाले यस्ता गतिविधिमा संलग्न नहुन आग्रह गरेको जनसम्पर्क समिति जर्मनीले बताएको छ ।
जेनजी आन्दोलनले पार्टीलाई कठिन मोडमा धकेलेको बताउँदै कठिन अवस्थामा यस्ता गतिविधिमा संलग्न हुनु ठुलो गल्ती हुने समेत खड्काको विज्ञप्तीमा उल्लेख छ । पुसको २७ र २८ गतेको विशेष महाधिवेशनमा नभई फागुन २१ को आमनिर्वाचनमा गोलबद्ध हुँदै पार्टीलाई शक्तिशाली बनाउनतर्फ जुट्न समेत आग्रह गरिएको छ ।

विधान, कार्यसम्पादन समिति र कार्यसमितिले कांग्रेसको १५ औं महाधिवेशन २०८३ बैशाखको २८, २९, ३० र ३१ का लागि घोषणा भइसकेकाले विशेष महाधिवेशनको भ्रममा नपर्न समेत भनिएको छ ।
कांग्रेस नेतृत्वको निर्णयविरुद्ध नलाग्न समेत जनसम्पर्क समिति जर्मनीले अनुरोध गरेको छ ।





































