
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको एकता भंग भएपछि कुलमान घिसिङ उज्यालो नेपालको पार्टी अध्यक्ष बन्ने भएका छन्।
रास्वपासँग सहमति हुन नसकेपछि हालसम्म पार्टीका संरक्षक रहेका कुलमानले अब नेतृत्व आफैं सम्हाल्ने तयारी गरेका हुन्।
यसबारे औपचारिक जानकारी दिन उज्यालो नेपाल पार्टीले आज साँझ ६ बजे पत्रकार सम्मेलन आयोजना गरेको छ। रास्वपाले उज्यालो नेपालका तर्फबाट अघि सारिएका केही मागहरू पूरा गर्न नसकिने भन्दै एकता प्रक्रिया टुटेको एकतर्फी घोषणा गरिसकेको छ।





































